काठमाडौं । अस्ट्रेलियाले फास्टबलर स्टक बोलान्डलाई एसेस सिरिजको तेस्रो टेस्ट खेलका लागि टोलीमा समावेश गरेको छ ।
मेलवर्नमा २६ तारिखबाट इंग्ल्यान्डविरुद्ध हुने तेस्रो टेस्टका लागि बोलान्डलाई समावेश गरेको हो ।
बोलान्ड पहिलो पटक टेस्ट टिममा समावेश भएका हुन् ।
उनले अस्ट्रेलियाका लागि १४ एकदिवसिय र तीन टी–ट्वान्टी खेलेका छन् ।
अस्ट्रेलियाको घरेलु प्रतियोगितामा भिक्टोरियाका लागि राम्रो प्रदर्शन गर्दै आएका छन् ।
३२ वर्षीय बोलान्डले न्यू साउथ वेल्स विरुद्ध दुई खेलमा १५ विकेट हात पारेका थिए ।
उनले यसै महिनाको सुरुआतमा इंग्लीस लायन्सविरुद्धको खेलमा अस्ट्रेलियाको ‘ए’ टिमका लागि खेलेका थिए ।
मिचेल स्टार्क तेस्रो टेस्ट नखेल्ने सम्भावना रहेको बताइएको छ ।
पाँच खेलको टेस्ट सिरिजमा अस्ट्रेलियाको २–० अग्रता बनाएको छ ।