काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–० को अग्रता बनाएको छ ।
एसेस सिरिज अन्तर्गत एडिलेडमा भएको दोस्रो खेल अष्ट्रेलियाले २ सय ७५ रनले जितेको हो ।
पहिलो टेस्ट अष्ट्रेलियाले ९ विकेटले जितेको थियो ।
दोस्रो टेस्टमा जितका लागि दोस्रो इनिङ्समा ४ सय ६८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १ सय ९२ रनमै अलआउट भयो ।
इंग्ल्यान्डका लागि क्रिस ओक्सले सर्वाधिक ४४ रन जोडे ।
रोय बन्सले ३४ तथा जोस बटलरले २६ रन बनाए ।
अष्ट्रेलियाका जे रिचर्डसनले सर्वाधिक ५ विकेट हात पारे ।
माइकल स्टार्क र नथन लायनले समान दुई–दुई विकेट लिदा माइकल नेसरले एक विकेट चटकाए ।
यस अघि पहिलो इनिङ्समा अष्ट्रेलियाले ४ सय ७३ रन जोड्दै ९ विकेट गुमाएर इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
अष्ट्रेलियाका लागि मार्नस लाबुचानेले १ सय ३ रनको शतकीय इनिङ्स खेलेका थिए ।
डेभिड वार्नरले ९५ र कप्तान स्टेभेन स्मीथले ९३ रन जोडेका थिए ।
इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ३ विकेट तथा जेम्स एन्डरसनले २ विकेट लिएका थिए ।
पहिलो इनिङ्समा इंग्ल्यान्ड भने २ सय ३६ रनमा अलआउट भएको थियो ।
डाविड मलनले सर्वाधिक ८० रन तथा कप्तान जो रुटले ६२ रन जोडेका थिए ।
अष्ट्रेलियाका माइकल स्टार्कले सर्वाधिक ४ विकेट हात पार्दा नथन लायनले २ विकेट लिए ।
दोस्रो इनिङ्स पनि अष्ट्रेलियाले २ सय ३० रनमा ९ विकेट गुमाउदै समाप्तीको घोषणा गरेको थियो र इंग्ल्यान्डसामू ४ सय ६८ रनको चुनौती पेश गरेको थियो ।
अष्ट्रेलियाका लागि ट्राभिस हेड र मार्नस लाबुचानेले समान ५१–५१ रन जोडेका थिए ।
इंग्ल्यान्डका लागि ओली रोविन्सन, जो रुट र डाविड मलनले समान दुई–दुई विकेट हात पारेका थिए ।
यी दुई टोलीबीचको तेस्रो टेस्ट मेलबर्नमा डिसेम्बर २६ तारिखबाट सुरु हुनेछ ।