काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि युएई जाने नेपाली क्रिकेट टिमको बिदाइ गरिएको छ ।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रमकाबीच नेपाली टोलीको बिदाइ गरिएको हो ।
नेपाली टिम सोमबार राती नै युएई प्रस्थान गर्नेछ ।
एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।
एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने छ ।
समूह ‘बी’ मा रहेको नेपाल र बंगलादेशबीचको खेल डिसेम्बर २३ तारिखमा हुनेछ ।
समूह ‘बी’ मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् ।
समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ ।
नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।
दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ ।
फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।