काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको बाँकी तीनवटा टेस्ट खेलका लागि १५ सदस्यीय टोलीमा कुनै परिवर्तन नगर्ने जनाएको छ ।
अष्ट्रेलियाको राष्ट्रिय छनोटकर्ताले १५ जनाको टोलीमा परिवर्तन नहुने जनाएका हुन् ।
एसेस क्रिकेट सिरिज अन्तर्गतको बाँकी तीन खेल मेलबर्न, सिड्नी र होवार्टमा हुने तालिका रहेको छ ।
दोस्रो टेस्ट खेल गुमाएका कप्तान प्याट कमिन्स र फास्ट बलर जोश ह्याजलउड मेलवर्नमा हुने तेस्रो टेस्ट अघि टिममा पर्किनेछन् ।
तेस्रो टेस्ट डिसेम्बर २६ बाट सुरु हुनेछ ।
कमिन्स र ह्याजलउडले खेल्न वा नखेल्नेबारे यस अघि दुविधा उत्पन्न भएको थियो ।
कमिन्स कोभिड संक्रमितको सम्पर्कमा आएको तथा ह्याजलउड घाइते भएपछि दोस्रो टेस्ट गुमाउन पुगेका थिए ।