शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

च्यासल र एनआरटीको बराबरी

शनिबार, १८ मंसिर २०७८खेलपाटी संवाददाता
च्यासल र एनआरटीको बराबरी
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासल र एनआरटीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा च्यासलका लागि रुमेश बर्तौलाले गोल गरे । एनआरटीका दिपेश घलेले बराबरी गोल फर्काए ।

एनआरटीका दर्शन गुरुङले २१ औं मिनेटमा गोलको अवसर सदुपयोग गर्न सकेनन् । अशोक थापाको क्रसमा सिक्स यार्ड भित्र रहेका दर्शनको वान टच प्रहार बाहिरिएको थियो ।

दर्शनको पासमा ३१ औं मिनेटमा एनआरटीका कृतिस रत्न छुन्जुको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले उत्कृष्ट बचाउ गरे ।

तर, खेलको ४३ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई १-० को अग्रता दिलाए । कमल श्रेष्ठको कर्नरमा एनआरटीका मेसौकेले हेडरमार्फत क्लियर गरेको बलमा पेनाल्टी एरिया भित्र रहेका रुमेशले भली गोल गरे ।

खेलको ७३ औं मिनेटमा एनआरटीका मेसौकेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

७४ औं मिनेटमा शिब गुरुङको लामो पासमा स्टेफेन समिरको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले बचाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा एनआरटीका दिपेश दृश्यमा आए । परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेशले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा फर्काए ।

च्यासलका राजिब लोप्चनले क्लियर गरेको बल नियन्त्रणमा लिदै दिपेशले उत्कृष्ट गोल गरे ।  अशोक थापाको स्थानमा मैदान प्रवेश गरेको एक मिनेटमै उनले गोल गरेका हुन् ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै च्यासलले ३ खेलमा ४ अंक जोडेको छ ।

एनआरटीले ३ खेलमा २ अंक जोडेको छ ।

खेलमा च्यासलका बिराज महर्जन म्यान अफ दि म्याच चुनिए ।

इमर्जिङ प्लेयरको अवार्ड च्यासलकै रुमेश बर्तौलाले जिते ।

Loading ad...
LiNing Ad
च्यासल र एनआरटीको बराबरी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता