एजेन्सी । स्ट्राईकर रोमेलु लुकाकुले देशभित्रका केही बल्जियन आफु असफल भएको देख्न चाहेको बताएका छन् । धेरै बेल्जियन प्रशंसकले स्विकार नगर्ने आफुले महशुश गरेको उल्लेख्य गर्दै लुकाकुले गरिबीबाट प्रभावित आफ्नो बाल्यकालबारे धेरै अनजान रहेको बताए ।
‘यदी मसंग केही पनि नभएको बेला तिमी थिएनौ भने तिमीले मलाई वास्तविक रुपमा बुझ्न सक्दैनौ ।’ उनले भने । उनले थपे, ‘जब चेल्सी गए र मैले खेल्न पाईन । मैले सुने उनीहरु मलाई हेरेर हासिरहेका थिए । जब म लोनमा वेष्ट व्रुम गए । उनीहरु मप्रति हासिरहेका थिए ।’
‘तर केही छैन, तिनी मानिसहरु मसंग थिएनन्, जब म हामी आफ्नो अन्नमा पानी हालिरहेका थियौ ।’ उनले भनेका छन् ।
लुकाकुले आफ्नो बाल्यकाल र व्यवसायीक खेलाडी भएर परिवारलाई सहयोग गर्न गर्नुपरेको संघर्षको बिषयमा भर्खरैमात्र एउटा लेख लेखेका छन् ।
लुकाकु ७५ मिलियन पाउण्डमा प्रिमियर लिग क्लब एर्भटनबाट म्यानचेष्टर युनाईटेड आएका थिए । उनले डेब्यु सिजनमा क्लबका लागि २७ गोल गरेका थिए । उनको यो दोस्रो विश्वकप हो । उनले पहिलो विश्वकपमा बेल्जियमको जर्सीमा दुई गोल गरेका थिए ।
रुसी विश्वकपको आफ्नो पहिलो खेलमा बेल्जियमले पानामालाई ३–० गोल अन्तरले पराजित गर्दा लुकाकुले दुई गोल गरेका छन् ।