एजेन्सी । रोमेलु लुकाकु चम्किएपछि विश्वकप फुटबल अन्तर्गत पानामाविरुद्धको खेलमा बेल्जियमले ३–० को अग्रता लिएको छ । दोस्रो हाफको खेल लिरहदा बेल्जियमले ३ गोल गरेको छ । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
उसले सुरुवाती अग्रता खेलको ४७ औ मिनेटमा लिएको हो । रेड डभिल्सका लागि ड्रीएस मार्टेन्सले गोल गरेका छन् । त्यसपछि लुकाकुले उत्कृष्ट प्रर्दशन गर्दै दुई गोल गरे ।
६९ मिनेटमा पहिलो गोल गरेका उनले ७५ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
बेल्जियममा युरोपेली क्लब फुटबल स्टार खेलाडी इडेन हाजार्ड, रोमेलु लुकाकु र केभिन डि ब्रोयन लगायतका खेलाडीको साथ छ । पानामाको यो विश्वकपमा डेब्यु खेल हो ।