काठमाडौं । इंग्ल्यान्डका कप्तान इयोन मोर्गानले आगामी वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डको कप्तान यथावत रहने अपेक्षा राखेका छन् ।
युएई र ओमानमा जारी विश्वकपमा न्यूजिल्यान्डसँग पाँच विकेटले पराजित भएपछि इंग्ल्यान्ड सेमिफाइनलबाटै बाहिरिएको छ ।
तर मोर्गानले आगामी वर्ष हुने विश्वकपका लागि पनि आफू कप्तान रहिरहने विश्वास व्यक्त गरे ।
मोर्गानले आफू अझै पनि इंग्ल्यान्डका लागि राम्रो खेलिरहेको तथा आफूले अहिलेको टिमका सदस्यसँगै खेल्ने बताए ।
आफूले उनीहरुको नाईके भएकोमा गर्व महसुस भएको मोर्गानले बताए ।
मोर्गानले इंग्ल्यान्डका लागि १ सय १३ टी–ट्वान्टी खेल्दा २ हजार ४ सय २८ रन जोडेका छन् ।