काठमाडौं । खेलाडीहरुमा कोभिड–१९ देखिएपछि पपुवा न्यू गिनी (पिएनजी)ले आईसीसी महिला विश्वकप छनोट नखेल्ने जनाएको छ ।
नोभेम्बर २१ तारिखबाट जिम्बावेमा हुन लागेको छनोटबाट पिएनजी बाहिरिएको हो ।
नोभेम्बर ६ तारिखमा छनोटका लागि प्रस्थान गर्ने योजनासहित खेलाडीहरु अक्टोबर ३० मा क्वारेन्टाइनमा बस्न बाध्य भएका थिए ।
तर पिसिआर परिक्षणमा कतिपय खेलाडीहरुलाई कोभिड–१९ पोजेटिभ देखिएपछि पिएनजीले प्रतियोगिताबाट बाहिरिन बाध्य भएको हो ।
खेलाडीहरुमा कोभिड–१९ पोजेभिट देखिएपछि प्रतियोगिताका लागि पर्याप्त खेलाडी नभएको पिएनजीले जनाएको छ ।
विश्वकप छनोटको समूह ‘ए’ मा पिएनजीले आयरल्यान्ड, नेदरल्यान्ड्स, श्रीलंका र वेस्ट इन्डिजविरुद्ध खेल्ने तय भएको थियो ।
छनोटको समूह ‘बि’मा बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, अमेरिका र जिम्बावे रहेका छन् ।