काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि भारतले टिम घोषणा गरेको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो ।
भारतले घोषणा गरेको टिममा रोहित शर्मा उपकप्तान रहेका छन् । यस्तै केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, भरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र मोहमद शामी टिममा रहेका छन् ।
कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ ।
सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ ।
भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।
अन्तिम पटक दुवै टिम सन् २०१९ को वान डे विश्वकपमा भिडेका थिए । जसमा भारत विजयी बनेको थियो ।
सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह 'बी' विजेता र समूह 'ए' को उपविजेता यस समूहमा रहने छन् ।