काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
ईपीएलले बुधबार चौंथो संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।
सार्वजनिक खेल तालिका अनुसार पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ बीच प्रतिस्पर्धा हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेल असोज ९ गते हुनेछ । फाइनल खेल असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।
ईपीएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको हो । यससँगै ईपीएल नेपालमा सर्वाधिक पुरस्कार राशीको फ़्रेन्चाइज क्रिकेट बनेको छ।
अघिल्लो संस्करणको विजेताले २५ लाख र उपविजेताले १० लाख प्राप्त गरेको थियो ।
अघिल्लो संकरणमा भैरहवालाई हराएर ललितपुरले उपाधि जितेको थियो ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।
खेल तालिका :