काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डीमालले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।
चण्डीमाल चौंथो संस्करणको ईपीएलका लागि भैरहवा ग्ल्याडियटर्समा अनुबन्धित भएका थिए ।
तर, भैरहवाले बुधबार चण्डीमालले ईपीएल नखेल्ने जनाएको छ ।
श्रीलंकाको राष्ट्रिय टिममा परेपछि चण्डीमाल ईपीएल खेल्न नभ्याउने भएका हुन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।