काठमाडौं । आईसीसीको टी-ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका छन् ।
नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ ।
ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए ।
नेपालका पूर्व कप्तान पारस खड्काको वरीयता यथावत रहेको छ । पारस ९१ औं स्थानमा रहेका छन् ।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा झरेका छन् । उनको वरीयता एक स्थान घटेको हो ।
बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा रहेका छन् ।
नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता भने यथावत रहेको छ ।
टी-ट्वान्टीको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ ।
नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमै रहेको छ ।