काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट पाँच खेलाडी छनोट गरेको छ ।
चितवनले चितवन क्रिकेट संघको सहयोगमा आयोजना गरेको ट्यालेन्ट हन्टबाट पाँच खेलाडी छनोट गरेको हो ।
ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, संघर्ष पौडेल, राजेश ढकाल,आकाश थापा र गौतम केसी छनोट भएको चितवनले जनाएको छ ।
उनीहरु चितवन टाइगर्सको प्रशिक्षणमा भदौ १० देखि सहभागि हुनेछन्। उनीहरु मध्ये एक जनालाई असोज २ गते अन्तिम टोलीमा घोषणा गरिने छ ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
चितवन सोमपाल कामीको कप्तानीमा प्रतियोगिता खेल्नेछ ।
चितवनको टोली :
सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललित सिंह भण्डारी, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, आदिलखान, सन्दीप सुनार, देव राज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका),मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया)
चितवनको प्रशिक्षण टोलीः
प्रमुख प्रशिक्षकः सामसन जंग थापा
टिम व्यवस्थापक र सहायक प्रशिक्षकः पुरु सिंह
टिम मेन्टर र सहायक प्रशिक्षकः पुरनेन्दु घोष
टिम डाक्टरः डा.प्रकाश पौडेल
फिजियोथेरापिस्टः डा.सौगात श्रेष्ठ