मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. रोहित र सोमपालको ब्याट चल्दा नेपालको जित

रोहित र सोमपालको ब्याट चल्दा नेपालको जित

२०२१ सेप्टेम्बर ७, मङ्गलबारखेलपाटी संवाददाता

रोहित र सोमपालको ब्याट चल्दा नेपालको जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।

पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

एक समय हारतर्फ अग्रसर नेपाललाई रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाए ।

उत्कृष्ट सुरुवात गरेको नेपालले ४६ रन जोड्दा नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल १५ रन जोड्दा चाड सोपेरको बलमा आउट भए ।

No description available.

नेपालले दोस्रो विकेटको रुपमा डेब्यु खेलाडी आसिफ शेखलाई ३० रनमा गुमायो । जतिबेला नेपालको स्कोर ४९ रन थियो।

त्यसपछि नेपालले लगातार विकेट गुमायो । ८२ रन जोड्दा ७ विकेट गुमाईसकेको थियो ।

तर, टिकेर खेलेका रोहितले ४१ रनको योगदान दिदै नेपालको जितको आधार तय गरेका थिए  ।

यस्तै सोमपाल कामीले अविजित २२ रन जोडे । आठौं विकेटका लागि रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरे ।

यस्तै आरिफ शेख ९ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्किए ।

शरद भेषवाकर पनि ६ रनमा आउट हुँदा कुशल मल्ल १ र पवन सर्राफ सुन्य रनमा आउट भए ।  बिक्रम सोब सुन्य रनमा अविजित रहे ।

पीएनजीका गौडी टोकाले ३ तथा चाड सोपेर र डामिन राभुले २/२ विकेट लिए ।  

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै  १ सय ३४ रन बनाएको थियो ।

पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए ।  त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए ।

किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट भए ।

कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा  र नोसिना पोकाना १/१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किए । चाड सोपेर १७ रनमा अविजित रहे । 

No description available.

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका हुन्  ।

डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिए । बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिएका हुन् । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।

यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए ।

यस जितसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो । 

No description available.

र, यो पनि ....

बिक्रमको कीर्तिमान

कुशल, बिक्रम र आसिफको डेब्यु
 
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित