काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर बिक्रम सोबले डेब्यु खेलमा कीर्तिमान बनाएका छन् ।
तिब्र गतिका बलर बिक्रमले ओमानमा जारी पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा विकेट लिदै कीर्तिमान बनाएका हुन् ।
पीएनजीविरुद्धको खेल बिक्रमको डेब्यु खेल हो । र, बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।
इनिङ्सको दोस्रो ओभरमा बलिङ गरेका बिक्रमले पहिलो बलमा टोनी उरालाई १ रनमा बोल्ड गरेका थिए ।
डेब्युको पहिलो बलमा विकेट लिने उनी २८ औं खेलाडी हुन् ।
डेब्यु खेलमा बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिए ।
नेपाललाई पीएनजीले जितका लागि १ सय ३५ रनको लक्ष्य दिएको छ ।