काठमाडौं । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक रबि शास्त्रीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
घरेलु टिमसँगको टेस्ट सिरिजका लागि लण्डनमा रहेका प्रशिक्षक शास्त्रीलाई कोरोना देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि शास्त्री सेल्फ आईसोलेसनमा बसेका छन् ।
शास्त्रीसँगै बलिङ प्रशिक्षक भरत अरुण र फिजियो नितिन पटेल पनि सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
दुई टिमबीचको पाँच खेलको सिरिज १-१ को स्थितिमा रहेको छ।