सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सिरी ए : त्रिकोणात्मक भिडन्त

शनिबार, ०५ भाद्र २०७८खेलपाटी संवाददाता
सिरी ए : त्रिकोणात्मक भिडन्त
Classic Tech Internet Ad

काठमाडौं । युभेन्ट्सले फेरि एकपल्ट इटालीको सिरी ए जित्ने छ, यस्तै विश्वास गरिएको छ । आज शनिबारदेखि सुरु हुने इटालीको माथिल्लो डिभिजनमा यस्तो विश्वास किन पलाएको हो भने डिफेन्डिङ च्याम्पियन इन्टर मिलान समस्यामा छ र यो मुख्यत: आर्थिक समस्या हो । शनिबारको पहिलो खेलमा इन्टरले घरमा जेनोआको स्वागत गर्नेछ ।

युभेन्ट्सले भने आइतबार युडिनेजीको भ्रमण गर्नेछ । विश्वास के पनि छ भने उपाधिको भिडन्त त्रिकोणात्मक हुनेछ र यसमा जोडिने अर्को टिम हो, एसी मिलान । यसपल्टको लिगको सबैभन्दा ठूलो विशेषता हो,  पछिल्लो समय अंक तालिकाको शीर्ष सातमा आउन क्लबमध्ये पाँचमा यसपल्ट भने नयाँ प्रशिक्षकसँगै मैदानमा उत्रदैछ । 

यस्तो किन भन्दा उपाधिका लागि हुने त्रिकोणात्मक भिडन्तका अर्को एउटा पात्र यही हो । तर यसको अर्थ अन्य कुनै क्लबको सम्भावना नै छैन् भन्ने पनि होइन् । प्रत्येक सिजन प्रत्येक लिगमा कुनै न कुनै आश्चर्यजनक टिम हुने गर्छ र जसले सबै विश्वासलाई तोड्ने गर्छ । हामीले यसबारे पनि चर्चा गर्नेछौं ।

समाचार संस्था एपीको मदतले तयार पारिएको आलेख ।

इन्टर मिलान

गत सिजन इन्टर मिलानले उपाधि जितेको खुसीयाली पनि बनाउन पाएको थिएन्, ती चाँडै खराव समाचारमा परिणत भए । क्लब र प्रशिक्षकबीचको आपसी सहमतीको आधारमा एन्टोनियो कोन्टेले छाडे । भनिन्छ, यी प्रशिक्षक इन्टरमा खुसी थिएनन्, किनभने उनी आफ्नो योजनालाई अगाडि बढाउन सक्ने स्थितिमा पनि थिएनन् ।

त्यसैले त इन्टरले आफ्ना दुई प्रमुख खेलाडीलाई बेच्नु परेको थियो, रोमेलु लुकाकु र अचरफ हाकिमी । लुकाकुले त पछिल्लो सिजन ३० भन्दा बढी गोल गरेका थिए । त्यसैले भन्न के सम्म सुरु भएको छ भने इन्टरले उपाधि रक्षा गर्न सक्ने मात्र होइन, शीर्ष चारमा प्रवेश पाउन पनि गाह्रो हुनेछ, त्यो भनेको उसले अर्को सिजन च्याम्पियन्स लिगमा खेल्नेमा शंका छ ।

Inter Milan near Serie A title victory with win over Cagliari

युभेन्ट्स

क्लबले वर्खास्त गरेको दुई वर्ष पनि भएको छैन्, तर मासिमिलिनो एलेग्री फेरि युभेन्ट्सको प्रशिक्षकमा नियुक्त भएका छन् । यी यस्ता उम्दा प्रशिक्षकले हुन्, जसले युभेन्ट्सलाई लगातार पाँच सिरी ए उपाधि दिलाए । त्यसमा चार पल्ट त क्लबले लिग र कप दुवै जितेको थियो । अनि दुई अवसरमा टिम च्याम्पियन्स लिगको फाइनल पनि पुगेको थियो ।

यी ५४ वर्षीय प्रशिक्षकको आगमनको अर्थ नै हो, युभेन्ट्सले फेरि लिग जित्न भन्ने दाबी गर्न मिल्ने । गत सिजन युभेन्ट्सले प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा खेलेको थियो र केही पनि जित्न सकेन् । यसरी टिमले लगातार नौ पल्ट लिग जितेको क्रममा पूर्ण विराम लागेको थियो । धन्न क्लब चौथो स्थानमा रह्यो । यसपल्ट पनि युभेन्ट्समा क्रिस्टियानो रोनाल्डो रहने छन् नै ।

Watch: Cristiano Ronaldo exploits awful Inter mix-up for Coppa Italia goal  - Planet Football

एसी मिलान

गत सिजन अधिकांस समय मिलान उपाधिका लागि बलियो प्रत्यासी थियो, तर अन्त्यमा उसले आश्चर्यजनक ढंगले त्यसलाई जित्न सकेन् । तर पनि क्लब सन् २०१३–२०१४ यता पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगमा फर्कन सफल रह्यो । पछिल्लो सिजनको बलियो सुरुआतका कारण ज्लाटन इब्राहिमोभिच थिए ।

तर उनलाई लागेको चोटसँगै उपाधिको सम्भावना पनि हराएर गएको थियो । अबको अक्टोबरमा उनी ४० वर्षमा हुनेछन् र मिलानको यसपल्टको लिग यात्रा धेरै हदसम्म उनमै निर्भर हुनेछ । मिलानमा यसपल्ट अर्का भेट्रान खेलाडी ओलिभर जिरोड पनि आएका छन् र उनको प्रदर्शनले पनि अर्थ राख्नेछ । मिलानले सोमबार साम्पडोरियाविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ ।

Serie A: AC Milan knock Juventus out of top four with thumping win |  Football News - Times of India

अरूको सम्भावना

फेरि एकपल्ट जोसे मोउरिन्हो इटाली फर्केका छन् । एक दशक अगाडि उनले इन्टरलाई एकै सिजन तीन उपाधि दिलाएका थिए । अहिले यी ५८ वर्षीय प्रशिक्षक रोमामा छन् । उनको मुख्य जिम्मेवारी हुनेछ, रोमालाई फेरि एकपल्ट उपाधिको प्रत्यासी बनाउने । गत सिजन रोमा लिगको सातों स्थानमा थियो र यो विजेता इन्टर भन्दा २९ अंकले पछाडिको स्थिति हो ।

सन् २००८ यता रोमाले कुनै उपाधि जित्न सकेको पनि छैन् । लाजियो र नेपोलीले पनि नयाँ प्रशिक्षक पाएका छन्, क्रमश: मउरिजो सारी र लुसियानो स्पालेटी । गत सिजनका शीर्ष सातमध्ये मिलान र एटलान्टाले मात्र प्रशिक्षक फेरेको छैन् । एटलान्टा एउटा बलियो क्लबका रूपमा विकास हुँदैछ र आफूलाई स्थापित गर्ने प्रयासमा हुनेछ । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

Bajaj Pulsar Motorcycle Ad
पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा