भेनेजिया : बढुवाको खुसीयाली डुंगामा
बुधबार, भदौ २, २०७८खेलपाटी संवाददाता

काठमाडौं । फुटबलमा कुनै उपाधि जितिन्छ अथवा बढुवा खाइन्छ भने त्यसको खुसीयाली मनाउने गरिन्छ, ‘ओपन टप’ बसको परेडमा । तर भेनेजियाले इटालीको सिरी ए मा उक्लेको खुसीयाली डुंगामा मनायो । भेनस सहर पानीमा बसेको छ र यो आफ्नो इतिहास तथा कलाकृतिका लागि बढी चिनिन्छ ।

भेनसको सम्बन्ध फुटबलसँग कमै छ । तर यसमा पनि परिवर्तन हुँदैछ । पछिल्ला १० वर्षमा तीन पल्ट टाट पल्टिएको घोषणा भएको भेनेजिया भेनसको त्यस्तो फुटबल क्लब हो, जसले भर्खरै मात्र इटालीको माथिल्लो डिभिजनमा प्रवेश पाएको छ । प्ले अफको माध्यमबाट १९ वर्षपछि यो क्लब सिरी ए मा पुगेको हो ।
खेलाडी पनि यस्तै डुंगामा सवार थिए । सन् १९४१ मा कोपा इटालिया समेत जितेको यो क्लब सन् २००२ मा सिरी ए बाट रेलिगेसनमा परेको थियो । अनुकुल अवस्था रहे भेनस सहरले प्रत्येक वर्ष दुई करोड ५० लाख पयर्टकलाई आकर्षित गर्ने गर्छ । अब यही सहरमा इटालीको माथिल्लो डिभिजनको फुटबल पनि फर्केको छ ।
–बीबीसीको सहयोगमा ।
क्लबको इतिहासनै धेरै उतारचढावपूर्ण रहेको छ । अहिले सायद यसबारे धेरै चर्चा गर्ने समय पनि होइन, बरू समय हो त यसले माथिल्लो डिभिजनमा उक्लेपछि भेनसमा छाएको खुसीयाली नियाल्ने । प्ले अफमा भेनेजियाले क्याटाडेलालाई हराएको थियो । त्यसपछि त घर घरसँग टाँसिएर रहेका नदीमा डुंगाको परेड नै निस्केको हो ।
खेलाडी पनि यस्तै डुंगामा सवार थिए । सन् १९४१ मा कोपा इटालिया समेत जितेको यो क्लब सन् २००२ मा सिरी ए बाट रेलिगेसनमा परेको थियो । अनुकुल अवस्था रहे भेनस सहरले प्रत्येक वर्ष दुई करोड ५० लाख पयर्टकलाई आकर्षित गर्ने गर्छ । अब यही सहरमा इटालीको माथिल्लो डिभिजनको फुटबल पनि फर्केको छ ।

–बीबीसीको सहयोगमा ।










-1762856022963.jpg&w=3840&q=75)


