'सी' छनौटका लागि २८ बीवाईसीको तयारी पूरा
सोमबार, साउन १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग छनौटका लागि २८ बिगाहा युवा क्लब (२८ बीवाईसी) ले तयारी पूरा गरेको छ।
कावासोती नवलपुरको क्लबले सोमबार 'सी' छनौटका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
क्लबका अध्यक्ष महेश अधिकारीले खेलाडी अनुबन्धको काम सकिएको जानकारी गराए ।
छनौटका लागि टिमले अन्तिम तयारी गरिरहेको क्लबका सचिव दिलिप पन्तले जानकारी गराए ।
'सी' डिभिजन लिग छनौट भदौमा आयोजना हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'सी' डिभिजन छनौट भदौ १ गतेबाट सुरु हुने जनाएको छ ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)