आर्सनललाई चेल्सीले हरायो
आइतबार, साउन १७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इमिरेट्स स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेज र टामी अब्राहमले १-१ गोल गरे ।
आर्सनलका ग्रानिट झाकाले एक गोल फर्काए ।
खेलको २७ औं मिनेटमा हाभर्टेजले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ६९ औं मिनेटमा झाकाले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए ।
तर, खेलको ७२ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)