'ए' डिभिजन लिगको विजेताले ७५ लाख पाउने
आइतबार, १७ श्रावण २०७८खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार 'ए' डिभिजन लिगको विजेताले ७५ लाख पाउने जनाएको छ ।
एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेको हो । अघिल्लो सिजनको विजेताले ५० लाख पाएको थियो ।
यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने छन् ।
एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाख समेत उपलब्ध गराउने छ ।
लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुनेछ ।












-1766907006104.jpeg&w=3840&q=75)
