दुर्घटनामा आयाक्सका युवा खेलाडीको निधन
शनिबार, १६ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । डच क्लब आयाक्सको युथ टिमका खेलाडी नोआ गेसरको निधन भएको छ ।
सडक दुर्घटनामा परी १६ वर्षीय गेसरको निधन भएको हो ।
आयाक्सले गेसरको कार दुर्घटनामा निधन भएको जनाएको छ ।
गेसरसँगै उनको दाजुको समेत निधन भएको बताईएको छ ।
सेन्टर फरवार्ड गेसर टिमको महत्वपूर्ण खेलाडी रहेका थिए ।
उनी २०१८ मा आयाक्स आएका थिए ।
गत सिजन आयाक्सको यू-१६ टोलीका लागि उनले ६ खेलमा १३ गोल गरेका थिए ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


