गोलकिपर मार्कस चेल्सीमा
बुधबार, साउन १३, २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले गोलकिपर मार्कस बेट्टीनेलीलाई अनुबन्ध गरेको छ ।
चेल्सीले बुधबार गोलकिपर मार्कसलाई अनुबन्ध गरिएको जनाएको छ ।
इंग्लिस गोलकिपर मार्कसले चेल्सीसँग २ वर्षको सम्झौता गरेका छन् ।
चेल्सीले फ्रि एजेन्टमा मार्कसलाई क्लब भित्र्याएको हो ।
२९ वर्षीय मार्कस फुलहमसँगको सम्झौता अन्त्य गर्दै चेल्सी आएका हुन् ।
मार्कस फुलहमको एकेडेमी हुँदै सिनियर टिममा आएका थिए ।
उनले फुलहमका लागि १ सय २० खेल खेलेका छन् ।
गत सिजन भने उनले मिड्ल्सब्रोबाट लोनमा खेलेका थिए ।
मिड्ल्सब्रोका लागि उनले ४२ खेल खेलेका थिए ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)