डच फरवार्ड मालेन डर्टमण्डमा अनुबन्धित
मंगलबार, साउन १२, २०७८खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले युवा फरवार्ड डोनीएल मालेनलाई अनुबन्धित गरेको छ ।
डर्टमण्डले मंगलबार नेदरल्यान्ड्सका फरवार्डलाई अनुबन्धित गरिएको जनाएको छ ।
डच क्लब पीएसभीबाट डर्टमण्डले मालेनलाई अनुबन्धित गरेको हो ।
२२ वर्षीय फरवार्ड मालेनले डर्टमण्डसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
मालेन २०२६ सम्म डर्टमण्डमा रहने छन् ।
मालेनले पीएसभीका लागि १ सय १६ खेलमा ५५ गोल गरेका छन् । जसमा २४ असिस्ट रहेको छ ।
नेदरल्यान्ड्सका लागि उनले १३ खेलमा २ गोल गरेका छन् ।
![]()






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)