मानबहादुर र बिक्रम सातदोबाटोमा अनुबन्ध

काठमाडौं । सातदोबाटो युथ क्लबले मानबहादुर तामाङ र दिपक राज सिंह ठकुरी ‘बिक्रम’लाई अनुबन्ध गरेको छ ।
सातदोबाटोले यस वर्षको लिगका लागि हिमालयन शेर्पाका कप्तान मानबहादुर र सुदुरपश्चिम ११ का फरवार्ड बिक्रमलाई अनुबन्ध गरेको हो ।
सातदोबाटो यसै सिजन ए डिभिजनमा बढुवा भएको क्लब हो ।
शेर्पामा लामो समय कप्तान बनेका मानबहादुरले नयाँ सिजन सातदोबाटो रोजेका हुन् । शेर्पा क्लब एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हो । अध्यक्ष शेर्पा र क्लबका पूर्व म्यानेजर नविन पाँडेबीचको सम्बन्धमा दरार आएपछि मानबहादुरले क्लब छाडेको अनुमान गरिएको छ । मानबहादुर पाँडे नजिक मानिन्छन् ।
अर्का खेलाडी बिक्रम मोफसलका उत्कृष्ट फरवार्ड मानिन्छन् । पछिल्लो खप्तड गोल्डकपमा आयोजक सुदुर पश्चिम ११ टिमलाई च्याम्पियन बनाउन बिक्रमले प्रेरणादायी प्रर्दशन गरेका थिए । बिक्रमको जादुमयी खेल र गोलका कारण फाईनलमा खेलमा थ्री स्टार पराजित बनेको थियो । बिक्रमले यस वर्षको ए डिभिजन लिगका लागि सातदोबाटो रोजेका छन् ।
यसै सिजन ए डिभिजनमा बढुवा भएको सातदोबाटोले खेलाडी सरुवा बजारमा आक्रमक ब्यापार गरिरहेको छ ।
सातादोबाटोको टिम :
पिटर सेगुन
मार्टिन
अभिषेक बराल
सनम राइ
पासाङ लामा
बसन्त तामाङ
करण राउत
स्यान्सु भुषाल
आकाश बुढा मगर
सञ्जन पुन
निरोज चोधरी
रमेश राजवंशी
दोर्जे तामाङ
मानबहादुर तामाङ
बिक्रम सिंह ठुकरी






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

