प्रशिक्षणमा फर्किए रोनाल्डो
मंगलबार, १२ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो टिमको प्रशिक्षणमा फर्किएका छन् ।
पोर्चुगिज रोनाल्डो युरोकपको कारण ढिला गरि प्रि-सिजनको तयारीमा फर्किएका हुन् ।
रोनाल्डोले आइतबारबाट टुरिनमा टिमसँग प्रशिक्षण सुरु गरेका छन् ।
३६ वर्षीय रोनाल्डो सन् २०१८ मा रियल मड्रिडबाट युभेन्ट्स आएका थिए । यस सिजनको अन्त्यसँगै उनको सम्झौता सकिदैछ ।
पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डोले हालसम्म सम्झौता नवीकरण गरेका छैनन् ।
रोनाल्डोले युभेन्ट्सका लागि १ सय ३३ खेलमा १ सय १ गोल गरिसकेका छन् ।
उनले दुई सिरी 'ए' समेत जितेका छन् ।









-1768908116031.jpeg&w=3840&q=75)


-1768897962219.jpg&w=3840&q=75)
-1768893498186.jpeg&w=3840&q=75)