लामेला सेभियामा अनुबन्धित
सोमबार, ११ श्रावण २०७८खेलपाटी संवाददाता
एजेन्सी । इंग्लिस क्लब टोटेनहमका मिडफिल्डर एरिक लामेला स्पेनिस क्लब सेभियामा अनुबन्धित भएका छन् ।
ला लिगा क्लब सेभियाले मिडफिल्डर लामेलालाई अनुबन्धित गरिएको जनाएको छ ।
लामेलाले सेभियासँग २०२४ सम्मको सम्झौता गरेका छन् ।
अर्जेन्टिनाका २९ वर्षीय लामेला २०१३ मा रोमाबाट टोटेनहम आएका थिए ।
लामेलाले टोटेनहमका लागि २ सय ५७ खेलमा ३७ गोल गरेका थिए ।
अर्जेन्टिनाका लागि उनले २५ खेलमा ३ गोल गरेका छन् ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


