जोन टेरीले छाडे एस्टन
सोमबार, साउन ११, २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाका सहायक प्रशिक्षक जोन टेरीले क्लब छाडेका छन् ।
एस्टनले सोमबार टेरीले क्लब छाडेको जनाएको छ ।
इंग्ल्यान्डका पूर्व कप्तान तथा डिफेन्डर टेरी २०१८ मा एस्टनको सहायक प्रशिक्षक नियुक्त भएका थिए ।
टेरी मुख्य प्रशिक्षक डीन स्मिथको सहायक प्रशिक्षकको रुपमा रहेका थिए ।
त्यस अघि उनले एक सिजन एस्टनबाट खेलेका थिए । एस्टनबाट उनले ३२ खेल खेलेका थिए ।
फुटबल खेल जीवनबाट सन्यास घोषणा गर्दै टेरी एस्टनमा आबद्द भएका थिए ।
चेल्सीका पूर्व कप्तान समेत टेरीले इंग्ल्यान्डका लागि ७८ खेल खेलेका थिए ।
चेल्सीका लागि उनले पाँच प्रिमियर लिग, पाँच एफए कप र च्याम्पियन्स लिगको उपाधि जितेका थिए । सेन्टर डिफेन्डर टेरीले चेल्सीका लागि ७ सय बढी खेल खेलेका थिए ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

