रेन्जर्ससँग रियल पराजित
आइतबार, १० श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ ।
आइतबार राति भएको खेलमा रियल स्कटिस क्लब रेन्जर्ससँग २-१ ले पराजित भएको हो ।
आइब्रोक्स स्टेडियममा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा रियल पराजित भएको हो ।
खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
तर, ५५ औं मिनेटमा फाशीन साकलाले गोल गर्दै रेन्जर्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७६ औं मिनेटमा नाचो फर्नान्डेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा रियल १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सेड्रिक इटेनले गोल गर्दै रेन्जर्सलाई २-१ को जित दिलाए ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


