अलमुताइरीको राजीनामा आएको छैन - एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले औपचारिक रुपमा राजीनामा नगरेको जनाएको छ ।
एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा स्टाटस लेखेपनि राजीनामा पत्र नबुझाएको बताए ।
'उहाँले सामाजिक संजालमा लेख्नु भएको छ । तर, एन्फामा औपचारिक रुपमा राजीनामा आएको छैन,' प्रवक्ता राईले भने ।
प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् ।
सामाजिक संजालमा राजीनामा दिने घोषणा गरेपछि प्रशिक्षक अलमुताइरी एन्फा पुगेका थिए । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष शेर्पाले उनलाई राजीनामा नदिन आग्रह गरेका थिए ।
यस्तै प्रवक्ता राईले प्रशिक्षक अलमुताइरीको आरोपमा छानबिन हुने बताए ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

