कुबोको गोलमा जापानको जित
बिहिबार, ०७ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा जापानको यू-२३ टिमले दक्षिण अफ्रीकाको यू-२३ टिमलाई पराजित गरेको छ ।
बिहीबार भएको खेलमा आयोजक जापानले दक्षिण अफ्रीकालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
जापानको जितमा ताकेफुसा कुबोले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितसँगै समूह 'ए' को जापानले पहिलो खेलमा ३ अंक जोडेको छ । दक्षिण अफ्रीकाले भने हारबाट ओलम्पिकको सुरुवात गरेको छ ।







-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


