कुबोको गोलमा जापानको जित
बिहिबार, साउन ७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा जापानको यू-२३ टिमले दक्षिण अफ्रीकाको यू-२३ टिमलाई पराजित गरेको छ ।
बिहीबार भएको खेलमा आयोजक जापानले दक्षिण अफ्रीकालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
जापानको जितमा ताकेफुसा कुबोले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितसँगै समूह 'ए' को जापानले पहिलो खेलमा ३ अंक जोडेको छ । दक्षिण अफ्रीकाले भने हारबाट ओलम्पिकको सुरुवात गरेको छ ।









-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



