इंग्ल्यान्डका पूर्व स्ट्राइकर पाउलको निधन
शनिबार, असार २६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डका पूर्व स्ट्राइकर पाउल मारिनरको निधन भएको छ ।
इंग्ल्यान्ड फुटबलले स्ट्राइकर पाउलको ६८ वर्षको उमेरमा शुक्रबार निधन भएको जनाएको छ ।
इप्सविच टाउनका पूर्व स्ट्राइकर ब्रेन क्यान्सरबाट पीडित रहेका थिए ।
पाउलले इंग्ल्यान्डका लागि ३५ खेलमा १३ गोल गरेका थिए ।
सन् १९८२ को विश्वकपमा उनी इंग्ल्यान्डको टिममा रहेका थिए ।

उनले इप्सविच टाउनबाट एफए कप र यूईएफए कप जितेका थिए ।
पाउलले आर्सनल, प्लेमाउथ, पोर्ट्समाउथ लगायतका क्लबबाट पनि फुटबल खेलेका थिए ।
खेल जीवनपछि पाउल प्रशिक्षक भूमिकामा देखिएका थिए ।
उनले एमएलएस क्लब टोरेन्टो एफसी र प्लेमाउथको टिम हेरेका थिए ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

