बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. युरोकपमा आज क्वाटरफाइनलको अन्तिम दुई खेल  

युरोकपमा आज क्वाटरफाइनलको अन्तिम दुई खेल  

२०२१ जुलाई २, शुक्रबारखेलपाटी संवाददाता

युरोकपमा आज क्वाटरफाइनलको अन्तिम दुई खेल  

एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् ।

युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् ।

चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् । दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन् ।

चेक रिपब्लिकले प्रि-क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो । चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि २-० गोलको जित निकालेको थियो ।

डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठको यात्रा तय गरेको हो ।

युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो ।

इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै  क्वाटरफाइनलमा पुगेको हो । इंग्ल्यान्डले प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो । युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्यान्ड र युक्रेनबिच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पछिल्लो पटक २०१२ को युरोमा प्रतिस्पर्धा भएको थियो । त्यस खेलमा वायन रुनीको निर्णायक गोलले इंग्ल्यान्ड विजयी भएको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

Bhat Bhateni
नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना