शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ए' डिभिजन र राष्ट्रिय लिग सँगै गर्ने प्रस्ताव !

मंगलबार, १५ असार २०७८नमीन ढकाल
'ए' डिभिजन र राष्ट्रिय लिग सँगै गर्ने प्रस्ताव !
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिग संगै संगै लैजाने प्रस्ताव गरेको छ ।

सोमबार एन्फा हेडक्वार्टरमा बसेको बैठकमा लिग कमिटिले 'ए' डिभिजन र राष्ट्रिय लिग समानान्तर रुपमा सञ्चालन गर्ने प्रस्ताव अघि सारेको हो ।

'ए' डिभिजनका १४ क्लब समक्ष एन्फाले प्रस्ताव गरेपनि अधिकांश क्लबले सहमति जनाएनन् ।

अघिकांश क्लबले दुईवटा लिग संगै लैजाने प्रस्ताव फुटबलको हितमा नहुने र कोरोना महामारीका समय  सम्भव नहुने बताएका थिए ।

कोरोनाका कारण गत सिजनको 'ए' डिभिजन लिग र राष्ट्रिय लिग रोकिएको थियो । गत वर्ष स्थगित भएको राष्ट्रिय लिगलाई एन्फाले यसवर्ष 'ए' डिभिजनसंगै अघि बढाउने तयारी गरेको हो ।

एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार क्लबलाई राष्ट्रिय लिगमा मौका दिने एन्फाको तयारी छ । एन्फाले जिल्ला, प्रदेश हुँदै एन्फा प्रेसिडेन्ट लिगबाट शीर्ष चारमा उक्लिएका क्लबलाई राष्ट्रिय लिगका लागि छनोट गरेको छ ।

गत सिजनको 'ए' डिभिजन लिग विजेता मछिन्द्र क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा प्रतिनिधित्व गर्नेछन् ।

यस्तै, नेपालगंन्जमा आयोजना भएको प्रेसिडेन्ट कपबाट सुदुरपश्चिमको स्टार सिटी युवा क्लब (कैलाली), लुम्बिनी प्रदेशको धम्बोझी क्लब (नेपालगंज), प्रदेश नम्बर २ को मनकामना युवा क्लब (रौतहट), गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब (लमजुङ) राष्ट्रिय लिगका लागि छनोट भएका थिए ।

एन्फाले सोमबार क्लबलाई प्रस्ताव गरेको ‘एन्फा लिग तालिकामा २०७८ (२०२१–२२)’ खाका (ड्राफ) मा ६ महिनाको 'ए' डिभिजन र राष्ट्रिय लिग रहेको छ । अन्तराष्ट्रिय खेल र नेपाली चाड पर्वलाई समेत ध्यानमा राखेर केही समय दुवै लिगलाई रोकेर मोफसल प्रतियोगिता आयोजना हुने जनाइएको छ ।

एन्फाले प्रस्ताव गरेको तालिकामा साफ च्याम्पियनसिप, एएफसी महिला च्याम्पियनसिप छनोट लगत्तै राष्ट्रिय लिग हुने जनाईएको छ । राष्ट्रिय लिग सुरु भएपछि मात्रै 'ए' डिभिजन लिग सुरु हुने तालिका बनाएको छ ।

पूर्व निर्धारित तालिकामा भदौ ३० गतेबाट राष्ट्रिय लिग सुरु हुनेछ । यस्तै, असोज ३ बाट शीर्ष  डिभिजनको लिग आयोजना हुनेछ । 

यस्तै, असोज १४ बाट २३ सम्म मोफसल प्रतियोगिता हुँदा राष्ट्रिय टिम अभ्यास, फिफा डे र दशै पर्व विदालाई हेरेर असोज ३० सम्म दुवै लिगलाई रोकिएको छ ।

पुनः कार्तिक २ बाट दुबै लिग सुरु हुँदा कार्तिक १८–२० लाई तिहार बिदा दिइएको छ । त्यसपछि मोफसल र फिफा डेलाई २१ गतेबाट ३० गतेसम्म समय दिएको छ ।

यसपछि पुनः मंसिर ३ बाट दुबै लिग सुरु भई माघ ६ गते मात्रै रोकिने छ । यसपटक समेत मोफसल, फिफा डे र पुनः मोफसल गरि माघ ६ बाट माघ २८ सम्म लिग रोकिएको छ ।

माघ २८ बाट पुनः सुरु हुने लिग फागुन २४ मा रोकिने छ । फागुन २७ बाट चैत्र १२ गते सम्म पुन : मोफसललाई समय दिएको छ । यस पछिका केहि खेलको तालिका भने निकालिएको छैन ।

तर, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्षद्वय शिक्षित पराजुली र उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधर, सह–महासचिव अरुणमान जोशी र लिग कमिटीका प्रतिनिधि सम्मिलित बैठकको प्रस्तावलाई 'ए' डिभिजन लिगका अधिकांश क्लबले अस्विकार गरेका छन् ।

विशेष गरि शीर्ष ६ मा नरहने क्लबले दुवै लिगसँगै हुँदै खेलाडी अनुबन्धको समय धेरै हुने र लिग भरी कोरोना मापदण्ड अनुसार खेलाडीलाई पाल्न गाह्रो हुने बताएका थिए । केही क्लबले भने दुबै लिग एकै पटक हुँदा लिगको रौनक र अस्तित्वनै नरहने प्रतिक्रिया दिएका थिए ।

केहि क्लबले भने खेलाडीनै लामो समयका लागि नपाउने बताएका थिए ।

शीर्ष ६ बाहिरका क्लबले भने बीचको विश्रामको समयमा मोफसलले समेत ठुला क्लबलाई मात्रै सहभागिताका लागि पत्र पठाउने र आफुलाई सो पत्र नआउने भएकाले खेलाडी लामो समय राख्दा क्लबलाई आर्थिक भार पर्ने बताएका थिए । 

जावलाखेल युथ क्लबले भने दुवै लिग एकै पटक भए आफुले नाम समेत फिर्ता लिने बताएको स्रोतले खेलपाटीलाई बतायो ।

उसले क्लबलाई कारबाही नभए नाम फिर्ता लिने बताएको एक बैठकमा सहभागी क्लबमा एक प्रतिनिधिले भने ।

‘केहि क्लब खेल्ने मनसायमै रहँदा कुनैले एकैपटक दुई लिग हुँदा रौनक नहुने र यस्तो प्रस्ताव मान्य नहुने बताएका थिए । जावलाखेलले भने कारबाही नभए आफु राष्ट्रिय लिगबाट बाहिर रहने बतायो ।’ उनले भने । 

बैठकमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र नयाँ क्लब सातदोबाटोले भने कुनै प्रतिक्रिया दिएनन् ।

शीर्ष ६ का मनाङ र मछिन्द्र क्लब एन्फाको प्रस्तावमा सकारात्मक देखिए ।

यद्धपी बैठकमा सहभागी मछिन्द्र क्लबका प्रतिनिधि तथा ब्यवस्थापक अनिल श्रेष्ठले एन्फाको प्रस्ताव फुटबल मर्म विपरित भएको बताए ।

‘फुटबल हुनु राम्रो हो । तर दुवै लिग एकैपटक हुँदा क्लब र एन्फालाई फाइदा पुग्ला तर फुटबल फ्यानलाई यसले राम्रो गर्दैन । फुटबल फ्यानले राष्ट्रिय लिग र ए डिभिजन लिग फरक फरक तरिकाले हेर्छन् । फरक खेलाडी फरक क्लबमा भएको हेर्न चाहन्छन् । राष्ट्रिय लिगलाई त अझ मोफसलमा पुर्याएर होम एण्ड अवे गराउनु पर्छ । फुटबल विकास चाहने हो भने राष्ट्रिय लिग मोफसलमा पुर्याएर होम एण्ड अवे गराउनु पर्छ । म क्लबको प्रतिनिधि हुँ तर ब्यक्तिगत रुपमा यस्तो प्रस्ताबमाथि सहमत हुने छैन ।’ मछिन्द्रका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।

अर्को क्लब थ्रीस्टारले समेत कोरोना महामारीबीच एकमात्रै लिग गराउन आग्रह गरेको थियो । उसले राष्ट्रिय लिग र 'ए' डिभिजन लिगसँगै लैजादा लिगको आकर्षण घट्ने, कोरोना समय लामो लिग गराउँदा सम्भव नभएको प्रतिक्रिया दिएको थियो ।

थ्री स्टारले शीर्ष ६ बाहिर क्लबलाई पनि लिग रोकिएको समयमा मोफसलमा खेल्ने बातावरण मिलाईदिन एन्फालाई प्रस्ताव गरेको थियो ।

‘लिग लामो समय हुनु राम्रो हो । तर सबै क्लबलाई मिलाएर लैजानु पर्छ । कोरोना समय छ । सबै क्लबको आर्थिक स्थिती बलियो छैन । समय ठिक छैन । खेलाडीले अझै खोप लगाएका छैनन् । अधिकांश क्लबले लिगको विश्राम समय मोफसल चलिरहँदा हामीलाई पत्र आउँदैन, त्यो समय हामी के गर्ने भन्ने कुरा छ । त्यसैले सबैलाई मिल्ने गरि लैजान पर्यो भन्ने हाम्रो मान्यता हो ।’ क्लबका प्रतिनिधिले भने ।

अधिंकाश क्लबले एन्फाको प्रस्ताव अमान्य र फुटबल मर्म विपरित भएको बताएसँगै एन्फाले पुनः अर्को बैठक बोलाउने र सो बिषयमा छलफल हुने बताएको छ ।

‘सहभागी क्लबलाई ए डिभिजन लिग र राष्ट्रिय लिग सँगै गर्न प्रस्ताव गरेका थियौं । बाहिरका चार टोलीलाई पनि सँगै राखेर पुनः बैठक बस्नेछौं ।’ एन्फा लिग निर्देशक संजिब मिश्रले खेलपाटीसँग भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !