एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम चेन्नई सुपर किङ्सका ब्याटिङ प्रशिक्षक माइकल हसीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
चेन्नईका अफिसियललाई कोरोना देखिएपछि गरिएको परिक्षणमा ब्याटिङ प्रशिक्षक हसीलाई कोरोना देखिएको हो ।
कोरोना देखिएपछि उनी १० दिनको सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
सोमबार चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको थियो ।
आईपीएलका लागि चेन्नईको टिमसँग रहेका हसीलाई कोरोना देखिएको हो ।
अष्ट्रेलियाका हसी आईपीएलमा सहभागी भएका मध्ये कोरोना देखिने पहिलो विदेशी हुन् ।
पछिल्लो समय आईपीएल खेलिरहेका थुप्रै खेलाडीहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।
खेलाडीमा कोरोना देखिन थालेपछि बीसीसीआईले आईपीएल अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।