एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम सनराइजर्स हैदरावादका विकेटकिपर ब्याट्सम्यान रिद्धिमान साहालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पछिल्लो पटक गरिएको परिक्षणमा विकेटकिपर ब्याट्सम्यान रिद्धिमानलाई कोरोना देखिएको हो ।
कोरोना देखिएसँगै रिद्धिमानले मुम्बई इण्डियन्सविरुद्धको खेल गुमाउने छन् ।
हैदरावादले आज मुम्बई इण्डियन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
मुम्बई र हैदरावादबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
तर, रिद्धिमानलाई कोरोना देखिएपछि उक्त खेल समेत अन्योलमा परेको छ ।
कोरोनाकै कारण दुई खेल स्थगित भईसकेको छन् ।
भोलि हुने चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भईसकेको छ ।
यस अघि सोमबार कोलकत्ता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल समेत स्थगित भएको थियो ।