एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम चेन्नई सुपर किङ्सका तीन सदस्यलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पछिल्लो पटक गरिएको परिक्षणमा तीन सदस्यलाई कोरोना देखिएको हो । तर, कोरोना देखिनेमा खेलाडी भने रहेका छैनन् ।
कोरोना देखिनेमा प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको हो ।
टिमका अन्य सदस्यहरुको कोरोना रिपोर्ट भने नेगेटिभ देखिएको बताईएको छ ।
खेलाडीमा कोरोना देखिएपछि आईपीएल अन्तर्गत कोलकत्ता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको आज हुने खेल स्थगित भएको छ ।
कोलकत्ताका खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो ।
कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको बताईएको छ ।