एजेन्सी । राजस्थान रोयल्सका अलराउण्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् ।
इंग्ल्यान्डका अलराउण्डर स्टोक्सले चोटका कारण आईपीएलको जारी सिजन गुमाउने भएका हुन् ।
राजस्थानले स्टोक्सले जारी सिजनको बाँकी खेलहरु गुमाउने पुष्टि गरेको छ ।
२९ वर्षीय स्टोक्सले पन्जाब किङ्सविरुद्ध भएको पहिलो खेलमा चोट बोकेका थिए ।
उनको देब्रे हातको औलामा गम्भीर चोट लागेको बताईएको छ ।
पन्जाबविरुद्ध फिल्डिङ गर्ने क्रममा उनले चोट बोकेका हुन् ।
पन्जाबविरुद्धको उक्त खेलमा राजस्थान ४ रनले पराजित भएको थियो ।
स्टोक्सले चोट बोकेपछि राजस्थानलाई समस्या थपिएको छ ।
अर्का बलर जोफ्रा आर्चर पनि चोटका कारण टिम बाहिर रहेका छन् ।