एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा साविक विजेता मुम्बई इन्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि १ सय ५३ रनको लक्ष्य दिएको छ ।
चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनायो ।
मुम्बईका लागि सुर्य कुमार यादवले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए । हार्दिक पाण्डय र कुर्नाल पाण्डय समान १५/१५ रनमा आउट भए ।
कोलकत्ताका आन्द्रे रसेलले ५ विकेट लिए । किफायती बलिङ गरेका उनले २ ओभरमा १५ रन खर्चिए ।
पाट कुमिन्सले २ विकेट लिए ।
आज कोलकत्ता लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा कोलकत्ताले सनराइजर्स हैदरावादलाई १० रनले हराएको थियो ।
साविक विजेता मुम्बई भने पहिलो जितको खोजीमा रहेको छ ।
मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो ।