एजेन्सी । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ
मुम्बईमा सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४ रनले हराउँदै पन्जाबले सुखद सुरुवात गरेको हो ।
पन्जाबले दिएको २ सय २२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्र बनाउन सक्यो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।
विस्फोटक ब्याटिङ गरेका सन्जुले ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गरे ।
सन्जु आईपीएल इतिहासमा डेब्यु कप्तानीमा शतक बनाउने पहिलो खेलाडी हुन् ।
यस्तै जोस बट्लरले २५ रन जोड्दा शिवम डुबेले २३ रन बनाए । रियान परागले २५ रन बनाए ।
पन्जाबका आश्रदिप सिंहले ३ विकेट लिए । मोहमद शामीले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।
पन्जाबका लागि कप्तान लोकेश राहुल र दिपक होडाले अर्धशतकीय इनिङ्स खेले ।
राहुलले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । होडा ६४ रनको इनिङ्स खेल्दै आउट भए ।
यस्तै क्रिस गेलले ४० रन जोड्दा मायांक अग्रवालले १४ रन बनाए । शाहरुख खान ६ रनमा अविजित रहदा रिचार्डसन र निकोलस पुरण सुन्य रनमा आउट भए ।
राजस्थानका चेतन शाकरियाले ३ विकेट लिए । क्रिस मोरिसले २ विकेट र रियान परागले एक एक विकेट लिए ।