एजेन्सी । पाहुना टिम पाकिस्तानविरुद्धको दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकाले जित निकालेको छ ।
जोहनेसवर्गमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रीकाले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य दक्षिण अफ्रीकाले १४ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रीकाको जितमा डिन मार्क्रमले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान हेन्रिक्स क्लासेन ३९ र जोड्दा जर्ज लिन्देले अविजित २० रन बनाए ।
पाकिस्तानका उस्मान क्वाडीरले दुई विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
उसका लागि कप्तान बाबर आजमले ५० रनको अर्धशतकीय इनिङ्स खेले । मोहमद हाफिजले ३२ रन बनाए ।
दक्षिण अफ्रीकाका जर्ज लिन्दे र लिजार्ड विलियम्सले १/१ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रीकाले ४ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
पहिलो खेल पाकिस्तानले जितेको थियो ।