काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सिता राना मगर सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन् ।
विभागीय टिम एपीएफलाई उपाधि जिताएकी कप्तान सिता प्लेयर अफ दी सिरिज बनेकी हुन् ।
बलिङ र ब्याटिङ्गमा उत्कृष्ट प्रर्दशन गरेकी उनी राष्ट्रिय महिला क्रिकेट टिमकी अनुभवी खेलाडी हुन् ।
यस्तै, एपीएफकी ज्योती पाण्डे प्लेयर अफ दी फाईनल बनिन् । एपीएफलाई उपाधि दिलाउन उनले सितासंग मिलेर पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेकी थिईन् ।
एपीएफकी बिनु बुढाथोकी उत्कृष्ट बलर बन्दा रुविना क्षेत्री उत्कृष्ट ब्याट्सवुमन चुनिए ।
सुदूरपश्चिमलाई हराउँदै विभागीय टिम एपीएफले शनिबार पहिलो संस्करणको मेयर कप क्रिकेटको उपाधि जितेको थियो ।
याे पनि, एपीएफलाई मेयर कप क्रिकेटको उपाधि