भारतसँग फाइनल खेल्ने न्युजिल्याण्डको टिम घोषणा
बिहिबार, २६ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि न्युजिल्याण्डले टिमको घोषणा गरेको छ ।
न्युजिल्याण्ड क्रिकेटले फाइनल खेलका लागि २० सदस्सीय टिमको घोषणा गरेको हो ।
टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डले भारतसँग खेल्नेछ ।
इंग्ल्यान्डमा हुने फाइनल टेस्ट जुन १८ मा सुरु हुनेछ ।
टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डको कप्तानी केन विलियम्सनले गर्ने छन् ।
न्युजिल्याण्डले घोषणा गरेको टिममा ३ नयाँ खेलाडी अटाएका छन् ।















-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)