काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि ७३ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनायो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाईन । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउदले ४ विकेट लिईन् । ऋतु कनौजियाले ३ तथा सुनिता लुहर र कविता जोशीले १/१ विकेट लिईन् ।
आज सुदूरपश्चिम प्रदेश तेस्रो जित निकाल्ने योजनामा रहेको छ । सुदूरपश्चिम लुम्बिनीलाई हराएर फाइनल समेत पुग्न चाहन्छ ।
सुदूरपश्चिम ३ खेलमा ४ अंक जोडेको लिगको दोस्रो स्थानमा रहेको छ । लुम्बिनीलाई हराएरमा सुदूरपश्चिमको फाइनल पुग्ने समीकरण रहेको छ । ६ अंक जोडेको एपीएफ यस अघि नै फाइनल पुगिसकेको छ ।
लुम्बिनी भने पहिलो जितको खोजीमा रहेको छ । लुम्बिनीले २ खेलमा अंक जोड्न सकेको छैन ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ ।