एजेन्सी । भारतका पूर्व विकेट किपर किरण मोरेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम मुम्बई इन्डियन्सको कोचिङ सेटअप समेत रहेका मोरेलाई कोरोना भाईरसको संक्रमण देखिएको हो ।
मुम्बईले मोरेलाई कोरोना देखिएको पुष्टि गरेको छ ।
कोरोना देखिएपछि मोरे चेन्नईमा क्वारेन्टिनमा बसेको मुम्बईले जनाएको छ ।
१४ औं संस्करणको आईपीएलका लागि टिमको तयारी अघि परिक्षण गर्दा उनलाई कोरोना देखिएको हो ।
आईपीएलको १४ औं संस्करण अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।
चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् ।
आईपीएलका लागि अक्सन सम्पन्न भईसकेको छ ।
कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल भने युएईमा आयोजना भएको थियो ।
फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो ।