काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने एक मात्र खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिम र लुम्बिनीबीचको खेल ११ बजे सुरु हुनेछ ।
आज सुदूरपश्चिम प्रदेश तेस्रो जित निकाल्ने योजनामा रहेको छ । सुदूरपश्चिम लुम्बिनीलाई हराएर फाइनल समेत पुग्न चाहन्छ ।
सुदूरपश्चिम ३ खेलमा ४ अंक जोडेको लिगको दोस्रो स्थानमा रहेको छ । लुम्बिनीलाई हराएरमा सुदूरपश्चिमको फाइनल पुग्ने समीकरण रहेको छ । ६ अंक जोडेको एपीएफ यस अघि नै फाइनल पुगिसकेको छ ।
लुम्बिनी भने पहिलो जितको खोजीमा रहेको छ । लुम्बिनीले २ खेलमा अंक जोड्न सकेको छैन ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ ।