काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशले जितका लागि प्रदेश-१ लाई १ सय ३० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायो ।
सुदूरपश्चिमका लागि बिन्दु रावलले ५२ रनको अर्धशतकीय इनिङ्गस खेलिन् । यस्तै रेवती धामीले ३० रन जोड्दा कविता जोशीले २१ रन जोडिन ।
प्रदेश-१ की शबनम राईले २ विकेट लिईन । ज्योति दनवारले १ विकेट लिईन् ।
आज दुबै टिम दोस्रो जितको खोजीमा रहेका छन् ।
प्रदेश-१ पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । दोस्रो खेलमा लुम्बिनीलाई हराएको थियो ।
पहिलो खेलमा ललितपुरलाई हराएको प्रदेश-१ दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।