काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा प्रदेश-१ ले विभागीय टिम नेपाल एपीएफ क्लबलाई जितका लागि १ सय ७ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६ रन बनायो ।
प्रदेश-१ का लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ४५ रन जोडिन । यस्तै रोमा थापाले ३३ रन जोडिन ।
अप्सरी बेगम सुन्य रनमा आउट हुँदा काजल श्रेष्ठले ५ रन जोडिन । निग्मा तामाङ ७ र निशा साह ५ रनमा अविजित रहिन् ।
एपीएफका रेखा रावल, करुणा भण्डारी, सिता राना मगर र बिन्दु मगरले १/१ विकेट लिईन् ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।