आइतबार, १५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनएसएल : बन्द प्रशिक्षणका ३२ खेलाडीलाई ‘ए’ श्रेणी

मंगलबार, ०३ चैत्र २०७७खेलपाटी संवाददाता
एनएसएल : बन्द प्रशिक्षणका ३२ खेलाडीलाई ‘ए’ श्रेणी

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’का लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीलाई ‘ए’ श्रेणीमा राखिएको छ ।

प्रतियोगितामा प्राविधिक सहयोग गरिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर रहेका खेलाडीको वर्गीकरण गरि आयोजकलाई नाम सिफारिस गरेको हो ।

एन्फाले प्रतियोगिताको अक्सनका लागि ए, बी र सी गरि तीन श्रेणीमा खेलाडीलाई राखेको छ ।

खेलपाटीलाई प्राप्त सूचना अनुसार एन्फाले हाल राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३२ खेलाडीलाई पहिलो श्रेणीमा राखेको हो ।

कप्तान विराज महर्जनदेखि यू–१९ राष्ट्रिय टोलीका कान्छा सदस्य तथा गोलरक्षक विशाल सुनार 'ए' श्रेणीमा रहेका छन् ।

यस्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अन्तिम समय जोडिएका पाल्साङ लामा समेत ए श्रेणीमा समेटिएका छन् । जारी भारतीय आईलिग खेलिरहेका गोलरक्षक किरण कुमार लिम्बु र अभिषेक रिजाल पनि 'ए' श्रेणीमा रहेका छन् ।

यस अघिनै एनएसएलले १२ मार्की खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । सूचीमा रहेका दुई खेलाडी बिक्री भईसकेका छन् ।

राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई धनगढीको मार्की खेलाडी रहने छन् । अर्का मिडफिल्डर तथा विंगर अन्जन विष्टलाई ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ ।

यस्तै एन्फाले सहभागी टोलीको लागि प्रशिक्षक समेत चयन गरेको छ ।

एन्फाले १२ ए लाईसेन्स प्राप्त प्रशिक्षकको नाम आयोजकलाई पठाएको छ । यसअघि आायोजना भएको ए डिभिजन लिगमा थ्रीस्टार क्लब समाल्हेका प्रशिक्षक मेघराज केसीले आफु सुपर लिगका लागि अनुबन्धित भएको जानकारी गराएका छन् । क्लब नाम भने उनले खुलाएका छैनन् ।

पहिलो पटक नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा ७ शहरलाई फ्रेन्चाइज गरिएको छ ।

धनगढी एफसी, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले एनएसएल खेल्नेछन् ।

सहभागी क्लबले 'ए' श्रेणीका ३२ खेलाडीलाई करिब २ लाखको न्यूनतम मूल्यमा किन्न सक्नेछन् ।

ए श्रेणीका खेलाडी नामावली :

गोलरक्षक : विकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की, विशाल सुनार, किरण कुमार लिम्बु

डिफेन्डर : रन्जित धिमाल, निशान खड्का, पाल्साङ लामा, सुरज बिक, अनन्त तामाङ, दिनेश राजबंशी, अजित भण्डारी, छिरिङ गुरुङ, विराज महर्जन, विकाश खवास

मिडफिल्डर : त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, विशाल राई, तेज तामाङ, सन्तोष तामाङ, एरिक बिष्ट, संजोक राई, सुनिल बल, रवि पासवान, हेमन्त थापा मगर,

स्ट्राइकर : भरत खवास, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत