एनएसएल : बन्द प्रशिक्षणका ३२ खेलाडीलाई ‘ए’ श्रेणी

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’का लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीलाई ‘ए’ श्रेणीमा राखिएको छ ।
प्रतियोगितामा प्राविधिक सहयोग गरिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर रहेका खेलाडीको वर्गीकरण गरि आयोजकलाई नाम सिफारिस गरेको हो ।
एन्फाले प्रतियोगिताको अक्सनका लागि ए, बी र सी गरि तीन श्रेणीमा खेलाडीलाई राखेको छ ।
खेलपाटीलाई प्राप्त सूचना अनुसार एन्फाले हाल राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३२ खेलाडीलाई पहिलो श्रेणीमा राखेको हो ।
कप्तान विराज महर्जनदेखि यू–१९ राष्ट्रिय टोलीका कान्छा सदस्य तथा गोलरक्षक विशाल सुनार 'ए' श्रेणीमा रहेका छन् ।
यस्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अन्तिम समय जोडिएका पाल्साङ लामा समेत ए श्रेणीमा समेटिएका छन् । जारी भारतीय आईलिग खेलिरहेका गोलरक्षक किरण कुमार लिम्बु र अभिषेक रिजाल पनि 'ए' श्रेणीमा रहेका छन् ।
यस अघिनै एनएसएलले १२ मार्की खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । सूचीमा रहेका दुई खेलाडी बिक्री भईसकेका छन् ।
राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई धनगढीको मार्की खेलाडी रहने छन् । अर्का मिडफिल्डर तथा विंगर अन्जन विष्टलाई ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ ।
यस्तै एन्फाले सहभागी टोलीको लागि प्रशिक्षक समेत चयन गरेको छ ।
एन्फाले १२ ए लाईसेन्स प्राप्त प्रशिक्षकको नाम आयोजकलाई पठाएको छ । यसअघि आायोजना भएको ए डिभिजन लिगमा थ्रीस्टार क्लब समाल्हेका प्रशिक्षक मेघराज केसीले आफु सुपर लिगका लागि अनुबन्धित भएको जानकारी गराएका छन् । क्लब नाम भने उनले खुलाएका छैनन् ।
पहिलो पटक नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा ७ शहरलाई फ्रेन्चाइज गरिएको छ ।
धनगढी एफसी, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले एनएसएल खेल्नेछन् ।
सहभागी क्लबले 'ए' श्रेणीका ३२ खेलाडीलाई करिब २ लाखको न्यूनतम मूल्यमा किन्न सक्नेछन् ।
ए श्रेणीका खेलाडी नामावली :
गोलरक्षक : विकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की, विशाल सुनार, किरण कुमार लिम्बु
डिफेन्डर : रन्जित धिमाल, निशान खड्का, पाल्साङ लामा, सुरज बिक, अनन्त तामाङ, दिनेश राजबंशी, अजित भण्डारी, छिरिङ गुरुङ, विराज महर्जन, विकाश खवास
मिडफिल्डर : त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, विशाल राई, तेज तामाङ, सन्तोष तामाङ, एरिक बिष्ट, संजोक राई, सुनिल बल, रवि पासवान, हेमन्त थापा मगर,
स्ट्राइकर : भरत खवास, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)